शनिबार, साउन ९, २०८३

प्रदेश १ मा ‘ज्यानमारा’ टिपरलार्इ निषेध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- प्रदेश १ मा साउनदेखी टिपरबाट १२ दुर्घटना भए। यी दुर्घटनाबाट पाँच जनाको ज्यान गयो। 

टिपर दुर्घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेको छ। यसरी सबैभन्दा धेरै टिपर आतंक भएका तीन जिल्लाहरु उदयपुर, सुनसरी र मोरङ भएको ट्राफिक प्रहरीको तथ्यांक छ। 

पटक-पटकको दुर्घटना र धेरै सर्वसाधारणको ज्यान लिएको कारणले टिपरलाइ ‘ज्यानमारा’ सवारी भन्दै सर्वसाधारणहरु आलोचना गर्दै आएका थिए। अब यस्तो ज्यानमारा सवारीको संचालन समय तोकिएको छ।
 
काठमाण्डौं उपत्यकामा राति ८ बजेपछि टिपर कुदाउन निषेध गरिएको पाँच महिनापछि प्रदेश १ मा पनि टिपर कुदाइमा कडाइ गरिने भएको छ। १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले बिहान ९ बजेबाट ११ बजे र दिउँसो ३ बजेदेखी ५ बजेसम्म टिपर कुद्न निषेध गर्न लागेको हो।
 
विभिन्न कार्यालयहरु जाने र आउने ‘रस आवर’ मानिने समयमा गुड्न रोक लाएपछि पिटर दुर्घटनामा धेरै रोकथाम हुने ट्राफिक प्रहरीको भनाइ रहेको छ । 
आगामि पौष १ गतेबाट लागु हुनेगरि यस्तो गरिएको नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरेको छ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी कृष्ण प्रसाइका अनुसार बढ्दो टिपर दुघटना  र यसले जनधनमा गरेको असरलाइ रोकथाम गर्न यस्तो गर्न लागिएको हो।
 
प्रदेश सरकार र स्थानिय सरकार सबैको इन्ट्रेस्टमा यस्तो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ। यो नियम अनिवार्य लागु गराउनेगरि आजैबाट सूचना सम्प्रेषण गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।