शुक्रबार, मंसिर १२, २०८२

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा तीन सीटमा चुनाव हुने

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

कास्की- राष्ट्रिय सभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सीटमा निर्वाचन हुने भएको छ। आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता रहेका छन्। निर्वाचनको तयारीका लागि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

National life

यसैगरी अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गण्डकीमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्य निर्वाचन अधिकृत तोकिएका छन्।

राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले तीन सीटमा चुनाव हुन लागेको हो। तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए। अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

निर्वाचनको उम्मेदवार मनोनयन नजिकिँदै गरेकाले दलहरू उम्मेदवार छनोटमा लागेका छन्। नेपाली कांगेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)ले जिल्ला तथा प्रदेशबाट आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन्। यही पुस २३ गते उम्मेदवार मनोनयनको कार्यतालिका रहेको छ।

गण्डकी प्रदेशमा प्रदेश सभाका ६० र स्थानीय तहका एक सय ७० गरी दुई सय ३० जना मतदाता छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ। प्रदेश सभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कुल छ हजार चार सय १० मतभार छ।

Laxmi sunrise bank
kumari

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रदेश सभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ जना मतदाता रहेका छन्। कांग्रेसको कुल मतभार दुई हजार सात सय चार रहेको छ। 

नेकपा (एमाले) का २२ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन्। एमालेको जम्मा मत भार दुई हजार चार सय ५८ हुन आउँछ। माओवादी केन्द्रका प्रदेश सभा सदस्य आठ र स्थानीय तहका प्रमुख-उपप्रमुख ३० गरी कुल नौ सय ९४ मतभार छ। प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का एक प्रदेश सभा सदस्य र एक नगरप्रमुख गरी समाजवादीसँग ७२ मत भार छ।
 
गण्डकी प्रदेश सभामा दुई सदस्य रहेको राप्रपाको एक सय छ मत भार छ। राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख-उपप्रमुख गरी तीन जना रहेकाले ५७ मतभार छ। मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका हुन्। उनको मतभार १९ छ।

प्रकाशित: Jan 07, 2024| 09:00 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्