मंगलबार, भदौ १०, २०८२

सर्लाहीको बरहथवामा निषेधाज्ञाको अवधि थपियो

 |  शनिबार, पुस २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २१, २०८०

vianetvianet

सर्लाही- शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कर्फ्यु) आदेश जारी भएको छ। विरोधप्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन्। 

Kumaribank

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै  भएको विरोधप्रदर्शनमा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो। दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने, मृतकका नाममा ५० शय्याको प्रादेशिक अस्पताल बरहथवामा बनाउनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलित पक्षले शव घटनास्थलबाट उठाउन दिएको छैन। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले निजको मृत्युको कारण आफूलाई थाहा नभएको तथा आफूले सुरक्षाकर्मीलाई गोली प्रहार गर्ने आदेश नदिएको बताए। आन्दोलित पक्षले शवलाई घेरा हालेर बसेका कारण उठाउन नसकिएको उनको भनाइ थियो। घटना सम्बन्धमा छानबिन गर्न तथा शव उठाउने विषयमा सबै पक्षसँग संवाद जारी रहेको उनले बताए। 

उक्त घटनालाई लिएर सदरमुकाम मलङ्गवा र कविलास नगरपालिकाको सलेमपुरमा पनि आज बिहानैदेखि टायर बालेर विरोधप्रदर्शन भइरहेका छ। 

शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुवैतर्फ केही घाइते भएका थिए। झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। शुक्रबार बेलुका ५:३० देखि शनिबार बिहान ८:०० बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। बरहथवा क्षेत्रको अवस्था समान्य नभएपछि स्थानीय प्रशासनले आज पनि बिहान ८ देखि भोलि बिहान ८ बजेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ।
 
बरहथवामा अहिले भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीले बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हावामा गोली हान्नाका साथै र अश्रुग्यास प्रहार गरेको थियो। नगरप्रमुख कटुवालको निवासअगाडि पार्किङ गरी राखिएको एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेको थिए। 

Metro Mart

प्रकाशित: Jan 06, 2024| 13:34 शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।
उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

हामीले बिगत १० वर्षदेखि खाइरहेको अनुदान सरकारले कटौती गरिदियो। त्यसविरुद्ध पहिला जिल्लामा गयौं, जिल्लाले हाम्रो आवाज सुनेन। काठमाडौं आएर राजनीतिक दलका केही नेतालाई भेट्यौं। माग...