बिहीबार, भदौ १८, २०८३

चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

सिमकोट- चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए। 

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए। 

गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए। हिन्दू परम्पराअनुसार मृतक बुढाथोकीको आज अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए।

प्रकाशित: Jan 05, 2024| 21:22 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्