शनिबार, साउन ९, २०८३

टेकु दुर्घटना गराउने चालक श्रेष्ठ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गत बुधबार काठमाडौंको टेकुमा पैदल यात्रुलाई ठक्कर दिई फरार चालक मोहन कुमार श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। 

काभ्रे बनेपा नगरपालीका-५ का ३६ वर्षीय कुमार श्रेष्ठले चलाएको बा १८ च ३२९३ नम्बरको भ्यानले पैदल यात्रु कन्चनपुर महेन्द्रनगर-१८ का १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिर्इ गम्भीर घाईते भएका थिए। उनलार्इ उपचारकालागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसरले पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका चालक कुमार श्रेष्ठलार्इ मंगलबार पक्राउ बनेपाबाट पक्राउ गरेको हो। बनेपामा आफन्तको घरमा लुकेर बसेको अवस्थामा उनलार्इ पक्राउ गरेको जनाएको छ। 

सिसिटीभी क्यामेरामा कैद भएका तस्बिरको आधारमा श्रेष्ठ र उनले चलाएको भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।