मंगलबार, भदौ १०, २०८२

दैलेखमा विद्युत प्रयोगकर्ता बढे

 |  शुक्रबार, पुस २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

vianetvianet

दैलेख- दैलेखमा पछिल्ला वर्षहरूमा विद्युत प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको पाइएको छ। जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युतको प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको हो।

Kumaribank

जिल्ला विद्युत् वितरण केन्द्रका अनुसार पछिल्ला दुई महिनामा विद्युत प्रयोग गर्ने घरधुरीको सङ्ख्या आठ सयले वृद्धि भएको छ। केन्द्रका प्रमुख नरेशदत्त रावलले हाल जिल्लामा विद्युत् प्रयोग गर्ने घरधुरी १५ हजार आठ सय रहेका जानकारी दिए।

उनका अनुसार जिल्लाका ११ स्थानीय तहका ९० वडामा हालसम्म ७० प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ। दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको कार्यालय प्रमुख रावलले जानकारी दिए।

“विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युत उपभोग गर्ने घरको सङ्ख्या बढ्दै गएको छ। दुई महिनाको अवधिमा थप आठ सय घरधुरीमा विद्युत विस्तार भएको छ”, उनले भने। यहाँका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी रहेको जनाइएको छ।

कार्यालय प्रमुख रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ मा रहेका छ सय घरधुरीमध्ये पाँच सय ५० घरमा बत्ती बालिएको छ। स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो।

Metro Mart

सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत विस्तारको कामलाई अघि बढाएका थिए। हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम विद्युत् वितरण केन्द्र दैलेख मातहत हुँदै आएको छ।

प्रकाशित: Jan 05, 2024| 19:41 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।
उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

हामीले बिगत १० वर्षदेखि खाइरहेको अनुदान सरकारले कटौती गरिदियो। त्यसविरुद्ध पहिला जिल्लामा गयौं, जिल्लाले हाम्रो आवाज सुनेन। काठमाडौं आएर राजनीतिक दलका केही नेतालाई भेट्यौं। माग...