मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मध्यपहाडी लोकमार्गको काम अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

मध्यपहाडी लोकमार्गको काम अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

 |  शुक्रबार, पुस २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

vianetvianet

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ-घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ। 

Kumaribank

कालोपत्रेका लागि २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो। 

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। 

सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी/व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ।

सोहीअनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले जानकारी दिए।

Metro Mart

काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक भारत पश्चिम बङ्गालको एमपी सितानी एण्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा, काठमाडौँले संयुक्तरुपमा ठेक्का लिएका थिए। हालसम्म सो सडकको ७४ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवेदीको भनाइ छ। 

विसं २०७५ माघमा सक्नुपर्ने सडकको काम पाँच पटकसम्म म्याद थप गरिएको थियो। विसं २०८० असार ५ गतेसम्म काम नगरेपछि लोकमार्ग कार्यालयले गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको इञ्जिनियर सुवेदीले बताए। उक्त खण्डमा पाँच किलोमिटर मात्र कालोपत्र गरिएको छ। सात किलोमिटर कालोपत्र गर्न अझै बाँकी रहेको उनको भनाइ छ। 

'लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँच पटकसम्म म्याद पनि थपियो। काम नगरेपछि कालोसूचीमा राखिएको हो', इञ्जिनियर सुवेदीले भने, 'नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ, बजेटको व्यवस्था भएलगत्तै काम सुरु हुन्छ।' लोकमार्ग कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु र स्थानीय आजित छन्।

प्रकाशित: Jan 05, 2024| 21:22 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।
उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

हामीले बिगत १० वर्षदेखि खाइरहेको अनुदान सरकारले कटौती गरिदियो। त्यसविरुद्ध पहिला जिल्लामा गयौं, जिल्लाले हाम्रो आवाज सुनेन। काठमाडौं आएर राजनीतिक दलका केही नेतालाई भेट्यौं। माग...