मंगलबार, भदौ १०, २०८२

७५ वर्षीया वृद्धाको हत्या आरोपमा एक जना पक्राउ

 |  शुक्रबार, पुस २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

vianetvianet

नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी पक्राउ परेका छन्। ७५ वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

Kumaribank

हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिएरहेको अवस्थामा बिहीबार पक्राउ गरिएको र  अनुसन्धानका लागि बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

‘लामो समयदेखि लागूऔषध दुर्व्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको छ,’ उनले भने, ‘वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरेको छ।’

वृद्धाको हत्यापश्चात् लुटिएको रु ८३ हजार र उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जङ्गलबाट प्रहरीले बरामद गरेको थियो।

‘गाँजा खरिदका लागि पैसा नभएपछि तामाङले वृद्धासँग रहेको नगद र लगाएको गहना लुट्ने योजना बनाएको पाइएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘नगद र गहना लुट्ने क्रममा वृद्धाले प्रतिवाद गरेपछि हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ।’

Metro Mart

एकल महिला र निःसन्तान खत्रीको सोमबार राति १० बजे हत्या भएपनि छिमेकीले मङ्गलबार मात्र थाहा पाएका थिए। सो घटनापछि  तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 05, 2024| 15:10 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।
उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

उखु किसानको प्रश्न- सुख्खाग्रस्त मधेशमा अनुदान दिने कि काट्ने ?

हामीले बिगत १० वर्षदेखि खाइरहेको अनुदान सरकारले कटौती गरिदियो। त्यसविरुद्ध पहिला जिल्लामा गयौं, जिल्लाले हाम्रो आवाज सुनेन। काठमाडौं आएर राजनीतिक दलका केही नेतालाई भेट्यौं। माग...