बिहीबार, भदौ १८, २०८३

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

काठमाडौं- राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति उनलाई पक्राउ गरेको हो।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको जाहेरी प्रहरीमा परेको थियो।

टुटलको आम्दानी संस्थाका अन्य साझेदारहरूलाई नदिई आफैंले लिएको आरोप उनीमाथि छ। भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको बताइएको छ।

नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो। हाल पठाओ र इन्ड्राइभ समेत सञ्चालनमा छन्।

प्रकाशित: Jan 05, 2024| 13:20 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्