बिहीबार, भदौ १८, २०८३

भीमफेदी-कुलेखानी-दक्षिणकाली सडक बन्द

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ।
 
दक्षिणकाली नगरपालिका अन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ।
   
हाल काठमाडौंसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्ति लोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार नारायणगढ मुग्लिन सडक खण्ड हुँदै पनि काठमाडौं जान सकिनेछ।

प्रकाशित: Jan 05, 2024| 13:12 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्