मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आजको मौसम- पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसम- पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

 |  शुक्रबार, पुस २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

vianetvianet

काठमाडौं- नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Kumaribank

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागमा मौसम सामान्यतया सफा जनाएको हो।

महाशाखाले हाल तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिँदै महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

त्यस्तै राति भने कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सु तथा कुहिरोको कारण हुनसक्ने असरबाट जोगिन आवश्यक उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Jan 05, 2024| 09:10 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।