बिहीबार, भदौ १८, २०८३

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

 |  शुक्रबार, पुस २०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २०, २०८०

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।

उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक योग्यता पुगेका नेपाली नागरिकलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको छ।

उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ।

दरखास्त दिँदा बढीमा तीन हजार शब्दमा विश्वविद्यालय सम्बन्धि सोचपत्र र पाँच हजार शब्दमा चार वर्षे कार्ययोजना बुझाउनुपर्ने छ।

आवेदन परेकामध्येबाट समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले त्रिविको उपकुलपति नियुक्त गर्नेछ।

प्रकाशित: Jan 05, 2024| 08:20 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्