बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय विदेशमन्त्रीले गरे कांग्रेस सभापति देउवासँग भेटवार्ता 

भारतीय विदेशमन्त्रीले गरे कांग्रेस सभापति देउवासँग भेटवार्ता 

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

National life

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकरले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटबाट राजनीतिक भेटघाट थालेका थिए। 

देउवासँगको भेटमा दुईदेशको सम्बन्ध, दुईपक्षीय हित तथा विकास र समृद्धिका लागि हुनसक्ने सहयोगका विषयमा छलफल भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रियसभा सदस्य डा. कृष्णप्रसाद पौडेलले भारतले नेपालसँग १० हजार मेगावाट विद्युत् खरिदका लागि गरेको सम्झौताको सराहना गर्दै देउवाले नेपालको पूर्वाधार विकास र दुईपक्षीय साझा हितका क्षेत्रमा सहकार्यका लागि आग्रह गरेका थिए। 

जवाफमा भारतीय विदेशसचिव जयशंकरले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न भारत सकारात्मक भएको भन्दै यहाँका आवश्यकता र समस्याबारे भारत जानकार रहेको प्रतिक्रिया दिएका थिए। 

विदेशमन्त्री जयशंकरले आफ्नो नेपाल भ्रमणको उद्देश्य नेपालसँग सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा लैजाने भएको भन्दै धार्मिक र समाजिकस्तरको सम्बन्धलाई थप फराकिलो बनाउन नेपालको भूमिका सकारात्मक हुने अपेक्षा राखेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 04, 2024| 18:25 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्