वीरगन्ज- वीरगन्ज रक्सौल सिमाक्षेत्रको शंकराचार्यद्धारको जीर्णोद्धार गर्दै वीरगन्ज महानगरपालिकाले सुन्दर बनाउने काम गरेको छ।
महानगरपालिकाको आकर्षक शंकराचार्यद्वार अहिले सेल्फी स्थलमा परिणत भएको छ। महानगरपालिकाले यसक्षेत्रको सुन्दर बनाउने र द्वारअघि राष्ट्रिय झन्डाको प्रतिमुर्ति बनाइएको छ।
विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्वारमा डिजिटल बत्ती लगाइएको छ। निर्माण गरिएको पानीको फोहरामा पशुपतिनाथको लिंग स्थापना गर्ने योजना समेत रहेको महानगरपालिकाले जनाएको छ।
वीरगन्जलाई राष्ट्रिय गौरवको रुपमा चिनाउन महानगरपालिकाले यस क्षेत्रको विकास गरेको नगर प्रमुख विजयकुमार सरावगी बताए। सौन्दर्यीकरण उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले यस क्षेत्रलाई गुरुयोजना अन्तर्गत नै विकास गरिने बताए।
नगर प्रमुख सरावगीले मितेरी पुलदेखि वीरगन्जको रजतजयन्ती चौकसम्मको क्षेत्रलाई गुरु योजना अन्तर्गत सौन्दर्यीकरण गरीने बताए। उनले संघीय सरकारको ढुलमुल नितिको कारण वीरगन्जको मुख्य सडक बन्ननसकेको बताउँदै सडक विभाग र सम्बन्धित मन्त्रालयलाई सडक कति फराकिलो बनाउन छिटो निर्णय गर्न माग समेत गरे।
महानगरपालिकाले शंकराचार्यद्धारको सौन्दर्यीकरण गरेपछि केहि समय देखि यो क्षेत्र सेल्फीसाइटकोरुपमा परिणत भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४