बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मोदीले पक्राउ गर्न खोजेको दिल्लीका मुख्यमन्त्री केजरीवालको आरोप 

मोदीले पक्राउ गर्न खोजेको दिल्लीका मुख्यमन्त्री केजरीवालको आरोप 

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भारतीय जनता पार्टी (बीजेपी) को योजनामा प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई गिरफ्तार गर्न खाजेको आरोप लगाएका छन्।

बुधबार प्रवर्तन निर्देशनालय (ईडी)ले मदिरा नीति घोटाला सम्बन्धमा उनलाई बोलाएपछि केजरीवालले त्यसको प्रतिक्रिया दिएका छन्। दिल्लीको अन्तःशुल्क नीतिमा कथित अनियमिततासँग जोडिएको मनी लाउन्ड्रिंग मुद्दामा सोधपुछका लागि उनलाई बोलाइएको थियो।

केजरीवालले उपस्थित हुन अस्वीकार गर्दै बीजेपीले झुटा मुद्दामार्फत आफ्नो इमान्दारीमा चोट पुर्‍याउन चाहेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी भाजपाको यो गुन्डागर्दी र अधिनायकवादको अगाडि झुक्ने छैनौँ। मेरो प्रत्येक थोपा देशको लागि समर्पित छ। हामी इमान्दार छौँ र भाजपाको यो अन्यायविरुद्ध हाम्रो सम्पूर्ण शक्तिले लड्नेछौँ।”

यसअघिका गत नोभेम्बर २ र डिसेम्बर २१ मा उनलाई सोधपुछका लागि बोलाइएको थियो। उनी त्यतिबेला पनि अनुपस्थित भएका थिए। 

प्रकाशित: Jan 04, 2024| 19:21 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्