आइतबार, असार १४, २०८३

मन्त्री किराँतीलाई पक्राउ गर्न जाहेरी 

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

National life

धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै काठमाडौंका ध्रुवराज लुईटेलले  जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दरखास्त दिएका हुन्।

मन्त्री किराँतीले पुस ४ गते कमलादीमा भएको एक भेलामा ‘क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हाल्दिने हो’ भनी अभिव्यक्ति दिएका थिए। किराँतीले संस्कृति मन्त्री भइ गैर जवाफदेही व्यवहार गरेको तथा जाहेरीमा उल्लेख छ।

प्रहरीलाई दिएको जाहेरीमा लुईटेलले नेपालको संस्कृति र पर्यटन क्षेत्रमा काम गर्नु पर्ने व्यक्तिले ‘भाषणबाट जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा सनातन कालदेखि चलि आएको धर्मलाई आघात पुयाई क्रिश्चियन बाहेक अन्य धर्मलाई हेयको रुपमा हेरी धार्मिक प्रचार समेत गरेको तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ मा कसैले जात जाति, सम्प्रदाय वा वर्गको भावनामा आघात पुयाउन हुँदैन भन्ने कानूनी व्यवस्थाको वर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाई अन्य धार्मिक भावनामा आघात पुऱ्याएको’ आरोप लगाइएको छ।

यस्तै, ‘क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य वैदिक सनातन धर्म प्रति हेय तथा भेदभाव पुऱ्याएकोले विपक्षीले गरेको उक्त मितिको भाषण सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको हुँदा विपक्षीबाट धार्मिक भावनामा आघात पुगेको हुँदा विपक्षीलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५६(१) को कसूरमा ऐ. को दफा १५६(२) बमोजिम ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना’ गराउन माग गरिएको छ।

Shivam cement

जाहेरी-1704371599.png

जाहेरी१-1704371599.png

 

 

प्रकाशित: Jan 04, 2024| 18:17 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्