आइतबार, असार १४, २०८३

रुस र युक्रेनको श्रम स्वीकृतिमा सरकारको रोक

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ।

National life

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकले ज्यान गुमाइरहेको कारण देखाएर वैदेशिक रोजगार विभागले दुई देशको श्रम स्वीकृतिमा रोक लगाइएको जनाएको छ। 

वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिक रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ।

पछिल्लो समय अवैधरूपमा नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेका छन्। अहिलेसम्म रुसी सेनामा कार्यरत ९ नेपालीको ज्यान गइसकेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह, धादिङका राजकुमार गिरीले ज्यान गुमाएका छन्।

Shivam cement

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तान र कुन्दन सिंह नागलले ज्यान गुमाएका थिए।

प्रकाशित: Jan 04, 2024| 18:13 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्