बुधबार, पुस २, २०८२

एक वर्षमा अन्नपूर्ण पदमार्गमा आए २१ हजार पर्यटक

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

लमजुङ- अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका छन्। यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ।

National life

यस केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङका अनुसार फ्रान्सका दुई हजार पाँच सय ३३ पर्यटक आएका थिए। सन् २०२३ मा १२२ देशका नागरिक यस पदमार्गमा आएको उनको भनाइ छ। त्यस्तै फ्रान्सपछि इजरायल, जर्मनी, बेलायत, अमेरिकाका नागरिक बढी यस पदमार्गमा आएका थिए। 

त्यस्तै सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक आएका थिए। सोमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ। सन् २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ बढी विदेशी पर्यटक आएका छन्।

सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक भएको बताइएको छ। यस केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ बढी पर्यटक आएका थिए। सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए।

सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएको थिए। केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए।

Laxmi sunrise bank
kumari

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका- ७ मनाङ्गे चौतारो रहेको छ। यो पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ।

पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट मुस्ताङ, पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन्। मनाङमा रहेका हिमाल चढ्न तथा हेर्नका लागि पनि पर्यटक आउने गरेको जनाइएको छ।

प्रकाशित: Jan 04, 2024| 19:41 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्