मंगलबार, भदौ १०, २०८२

पर्यटकीय क्षेत्र झुलेनीमा थपिँदै पूर्वाधार

 |  बिहीबार, पुस १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

vianetvianet

बागलुङ- काठेखोला गाउँपालिका-४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ। समुद्री सतहबाट दुई हजार पाँच सय ५० मिटरको उचाइमा रहेको झुलेनी, देउराली क्षेत्रमा काठेखोला गाउँपालिका र गण्डकी प्रदेशले संयुक्तरूपमा लगानी गरी संरचना निर्माण सुरु गरेका छन्।

Kumaribank

उच्च पहाडी हावापानी, शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज र यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खालाले आगन्तुकलाई पर्खिरहे पनि आवश्यक पूर्वाधार नबन्दा झुलेनी क्षेत्रमा कमै पर्यटक पुग्छन्। यस अगाडि काठेखोला गाउँपालिकाले वनभोजस्थललगायतका संरचना निर्माण गरेको छ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनयोजन भएको पाँच लाख रूपैयाँले यहाँ पदमार्ग र पार्क निर्माण गरिने छ। पर्यटनका हिसाबले सम्भावना बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माण हुन नसक्दा अहिलेसम्म ओझेलमा रहेको झुलेनीलाई पर्यटक आकर्षण केन्द्रका रूपमा विकास गरिन लागिएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए।

प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि अहिलेसम्म लगानी हुन नसक्दा पछाडि परेको भन्दै अब पर्यटकलाई झुलेनीसम्म पुर्याउनका लागि प्रचारप्रसार र संरचना निर्माण गरिने उनको भनाइ छ।

'काठेखोलामा धेरै पर्यटकीय क्षेत्र छन्, सबै गन्तव्यलाई व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि हामी लागेका छौँ', अध्यक्ष थापाले भने, 'पर्यटकलाई यहाँसम्म ल्याउन विभिन्न ठाउँबाट पदमार्गले जोड्ने, ठाउँठाउँमा खाजा, खाना र बस्नका लागि घरबास (होमस्टे) सञ्चालन गर्ने र स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि योजना बनाएर काम गरिरहेका छौँ।' यस वर्ष प्रदेश सरकारले पनि राम्रो सहयोग गरेको पालिकाले पनि हरेक वर्ष बजेटको व्यवस्थान गरिरहेको उनको भनाइ छ। 

Metro Mart

झुलेनी क्षेत्र ‘क्याम्प फायर’, भवनभोज र पदयात्राका लागि उपयुक्त क्षेत्र रहेको अध्यक्ष थापाको भनाइ छ । उच्च पहाड भएको हुँदा यहाँबाट बागलुङको अधिकांश ठाउँ, धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत पूर्वबाट पश्चिमसम्म दर्जनौँ हिमाल आँखै अगाडि देख्न सकिने उनले बताए।

झुलेनीसँगै जोडिएको देउराली पनि निकै रमणीय रहेको भन्दै त्यस नजिकै ध्यान केन्द्रसमेत रहेको थापाको भनाइ छ। प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय बागलुङले यस वर्षदेखि यहाँ काम गर्ने भएको थापाले बताए। 

डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरण अधिकारीले यसभन्दा अगाडि पनि प्रदेशबाट विनियोजन भएको रकमले झुलेनी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि काम गरेको भन्दै यस वर्ष पनि नयाँ काम सुरु गर्ने बताए। ओझेलमा रहेका पर्यटक क्षेत्रको उजागर गरी प्रचारप्रसारका साथै पूर्वाधार निर्माण गर्ने कार्यक्रमअन्तर्गत झुलेनीमा यस वर्ष काम गर्न थालेको उनको भनाइ छ। यहाँको स्थलगत अनुगमन गरिसकेको भन्दै झुलेनी गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य बन्न सक्ने प्रमुख अधिकारीले बताए।

'फापरखेत-झुलेनी वनबाटिका भनेर बजेट विनियोजन भएको छ, स्थानीय र गाउँपालिकासँग सहकार्य गरेर काम गर्न थालेका छौँ, उपभोक्ता समितिमार्फत गर्ने तयारी छ, गाउँपालिकाले पार्क, पदमार्ग निर्माण गर्ने प्रस्ताव गरेको छ', उनले भने, 'छलफल गरेर कुन संरचना बनाउँदा उपयुक्त हुन्छ सोहीअनुसार काम अगाडि बढाउँछौँ।'

प्रकाशित: Jan 04, 2024| 21:02 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।