काठमाडौंको सुन्धारामा रहेको ९ तले धरहरा २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले नष्ट बनाइदियो । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले आफ्नी रानी त्रिपुरासुन्दरीको सम्झनास्वरूप १८८२ सालमा बनाएको धरहरा त्यतिबेला ११ तलाको थियो ।
त्यसैले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० को भूकम्पले केही भत्किएपछि यो ९ तलामा सीमित भयो । २०७२ सालको भूकम्पमा भत्किएको धराहरा नेपाल टेलिकमले बनाउने प्रतिबद्धता जनाएको थियो ।
टेलिकमले हात झिकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै निर्माण प्रक्रिया अगाडि बढाएको छ । अनुमानित तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...