आइतबार, असार १४, २०८३

भारतीय विदेशमन्त्री काठमाडौंमा, भेटघाट सुरु

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

काठमाडौं- नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुगेका छन्।

National life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायत परराष्ट्रका अधिकारीले उनलाई स्वागत गरेका छन्।

बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तव पनि काठमाडौं आइपुगेका छन्। काठमाडौं उत्रेलगत्तै मन्त्रीको टोलीले भेटघाट सुरु गरेको छ।

सन् १९८७ मा संयुक्त आयोग गठन भएको थियो। आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गरिँदै आएको छ।

Shivam cement

प्रकाशित: Jan 04, 2024| 10:42 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्