बिहीबार, भदौ १८, २०८३

ट्याक्टर दुर्घटनामा परी २८ जना घाइते

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

तुलसीपुर- वनबाट पात टिपेर ट्याक्टरमा फर्किंदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन्। 

बुधबार साँझ ५:१५ बजेतिर लु२त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए। 

घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ। घातेको लमही अस्पतालमा उपचार भइरहेको छ।  

गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: Jan 04, 2024| 08:31 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्