मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सूर्यदर्शन सहकारी प्रकरणः पक्राउ परेका २ जना पुर्पक्षका लागि जेल चलान

सूर्यदर्शन सहकारी प्रकरणः पक्राउ परेका २ जना पुर्पक्षका लागि जेल चलान

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

कास्की- पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। 

National life

सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो।

सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि उनीहरुले मङ्गलबार अदालतमा आत्मसमर्पण गरेका थिए।    

सूर्यदर्शन सहकारी सम्बद्ध १९ जनाविरुद्ध रु एक अर्ब ११ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको छ।

प्रकाशित: Jan 03, 2024| 20:55 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्