शनिबार, साउन ९, २०८३

पहिलो हाफ : पुलिसमाथि संकटाको २-१ को अग्रता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा सिएमजी संकटा क्लबले अग्रता लिएको छ । विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध संकटाले पहिलो हाफमा २-१ ले अग्रता लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा संकटाले खेलको २९ औं मिनेटमा अग्रता लिएको थियो । संकटालाई सुरुवाती अग्रता दिलाउन सरोज दाहालले गोल गरेका थिए । 

त्यपछि ३७ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ३७ औं मिनेटमा २-० ले पछि परेको पुलिसले आक्रमक खेल प्रस्तुत गर्दै त्यसको दुई मिनेट नबित्दै एक गोल फर्कायो । पुलिसका लागि रवि पासवानले एक गोल फर्काएका हुन् । 

यसअघिका ५ खेल खेल्दा पुलिसले ३ खेलमा जित, एक हार र एक बराबरीको नतिजामा छ । संकटा एक खेलमा पराजित हुँदा ४ खेलमा जित निकालेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।