बिहीबार, भदौ १८, २०८३

हतकडीसहित काठमाडौं जिल्ला अदालतबाट भागे थुनुवा

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित एक थुनुवा भागेका छन्।

बुधबार दिउँसो १ बजेतिर म्याद थपका लागि लगिएका सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित भागेका हुन्।

डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए। तर अदालतमा म्याद थपका लागि लैजाँदा उनी अदालतभित्रैबाट हतकडीसहित भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए। 

उनलई महाराजगञ्ज बृत्तको टोलीले पक्राउ गरेर म्याद थपका लागि लगेको थियो।

प्रकाशित: Jan 03, 2024| 17:37 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्