आइतबार, चैत २९, २०८२

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण : अमेरिकी सेना

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

यमन- यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल–मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक जहाजलाई लक्षित गरी मंगलबार राति दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बेलायती सामुद्रिक सुरक्षा निकाय (यूकेएमटीओ)लाई उद्धृत गरी अमेरिकी सेनाले जनाएको छ।

National life

संयुक्त अधिराज्यको समुद्री व्यापार सञ्चालनले सुरुमा इरिट्रिया र यमनको तटको बीचमा यात्रा गरिरहेको कार्गो जहाज नजिकै विस्फोट भएको बताएको थियो।

बेलायतको रोयल नेभीद्वारा सञ्चालित यूकेएमटीओले एक संक्षिप्त सन्देशमा लेखेको छ, 'क्यापटेनले जहाजमा कुनै क्षति नभएको र चालक दलका सदस्यहरू अहिले सुरक्षित रहेको जानकारी दिएका छन्।' अमेरिकी सेन्ट्रल कमान्डले हुथी विद्रोहीले दक्षिणी रेड सीमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

'यी अवैध कार्यहरूले दर्जनौं निर्दोष नाविकहरूको जीवनलाई खतरामा पारेको छ र अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्र प्रवाह अवरोधलाई जारी राखेको छ,' सेन्टकमले एक्स (ट्वीटर) मा नोभेम्बर १९ पछि यस क्षेत्रमा कार्गो जहाजमा गरेको यो २४ औँ आक्रमण हो।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने विषयमा बुधबार बैठक आयोजना गर्ने भएको छ, जसमा फ्रान्सेली कूटनीतिज्ञहरूले रेड सीमा हुथी आक्रमणको मुद्दालाई सम्बोधन गर्ने बताएका छन्।

kumari

हालैका हप्ताहरूमा हुथी विद्रोहीहरूले रेड सी र यसलाई एडेनको खाडीसँग जोड्ने बाब अल–मान्डेब स्ट्रेटमा रोकिने व्यापारिक जहाजहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन्।

इजरायलले हमास लडाकूसँग लडिरहेको गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यवद्धता जनाउन उनीहरूले आक्रमण गरेको बताएका छन्। यमनको राजधानी साना र रेड सीको यमनी क्षेत्रको अधिकांश तटीय क्षेत्र नियन्त्रण गर्ने हुथी विद्रोहीले इजरायलसँग सम्बन्ध भएका रेड सीमा यात्रा गरिरहेका जहाजलाई निशाना बनाउने चेतावनी दिएका छन्।

उक्त क्षेत्रमा गस्ती गरिरहेका अमेरिकी, फ्रान्सेली र बेलायती युद्धपोतले कैयौँ क्षेप्यास्त्र र ड्रोनखसालेका छन्। पेन्टागनका अनुसार हुथी विद्रोहीले एक दर्जन व्यापारिक जहाजलाई लक्षित गरी दर्जनौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन्।

रेड सीको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशतसम्म ओगट्ने पारवहन मार्गलाई खतरामा पार्छ। आक्रमणका कारण रेड सीको जल यातायातको सुरक्षाको लागि भन्दै बहुराष्ट्रिय नौसैनिक कार्यबल गठन गर्न आवश्यक परेको अमेरिकाले जनाएको छ।

आइतबार अमेरिकी सेनाले डेनमार्कको मास्र्क लाइनको कन्टेनर जहाजमा भएको आक्रमणपछि हुथीका तीनवटा डुङ्गा डुबेको बताएको थियो। विद्रोहीले उक्त घटनामा आफ्ना १० लडाकू मारिएको बताएको छ।

प्रकाशित: Jan 03, 2024| 20:00 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्