बिहीबार, भदौ १८, २०८३

उच्च अदालतमा ३९ न्यायाधीश सिफारिस

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

काठमाडौं- न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
 
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहेका छन्। न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ। 

यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ। बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ।

प्रकाशित: Jan 03, 2024| 16:46 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्