मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बेरुतमा मारिएका हमासको दोस्रो तहका नेता सालेह अल-अरौरी को हुन्?

बेरुतमा मारिएका हमासको दोस्रो तहका नेता सालेह अल-अरौरी को हुन्?

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

काठमाडौं- इजरायलसँग युद्ध लडिरहेको हमासको दोस्रो तहका नेता सालेह अल-अरौरी बेरुतमा मारिएका छन्। बेरुतको दक्षिणी उपनगर दाहियाहमा भएको विस्फोटमा उनको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ।

National life

उनको हत्यामा इजरायल जिम्मेवार भएको भन्दै हमासले तीव्र विरोध गरेको थियो। हमासको राजनीतिक ब्यूरोका उपप्रमुख ५७ वर्षीय सोलिहले हमासको सैन्य शाखा, इज्जेदिन अल-कसाम ब्रिगेडहरू स्थापना गर्न मद्दत गरेका थिए।

दक्षिणी बेरुत उपनगर दहियाहमा रहेको हमासको कार्यालयमा इजरायली ड्रोन हमलामा उनको मृत्यु भएको लेबनानी सञ्चारमाध्यमले जनाएका छन्। उनीसँगै अन्य ६ जना पनि हमासका सदस्यको पनि मृत्यु भएको बताइएको छ। लेबनानमा हिजबुल्लाहको गढमा हमासका एक वरिष्ठ अधिकारी मारिनुले इजरायल-हमास युद्ध थप बढ्ने र मध्यपूर्व अस्थिर हुने संकेत गरेको छ।

सालेह अल-अरौरी १९८७ मा हमासमा सामेल भए र कब्जा गरिएको वेस्ट बैंकमा समूहको सैन्य उपस्थिति स्थापना गर्न मद्दत गरेका थिए। उनी इरान र लेबनानमा रहेको इरान समर्थित हिजबुल्लाहसँग हमासका सबैभन्दा नजिकका अधिकारी थिए।

उनले इजरायली जेलमा समय बिताएका थिए। उनको रिहाई पछि उनी सन् २०११ मा इजरायली सिपाही गिलाड शालितको मुक्तिको बदलामा १,००० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो।

Laxmi sunrise bank
kumari

यस वर्ष अक्टोबर २७ मा इजरायली सेनाले रामल्लाह नजिकैको अरुरा सहरमा रहेको उनको वेस्ट बैंकको घर ध्वस्त पारेको थियो। अरोरी पछिल्लो समयमा लेबनानमा बस्दै आएका थिए। लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले यो हत्यालाई इजरायली युद्ध अपराधको रूपमा व्याख्या गरेका छन्, जसले लेबनानलाई द्वन्द्वको नयाँ चरणमा प्रवेश गराएको बताएका छन्।

हिजबुल्लाहले यस आक्रमणलाई 'लेबनान, यसको जनता, यसको सुरक्षा, [र] सार्वभौमिकतामा गम्भीर आक्रमण' गरिएको भनेको छ। यो अपराधको प्रतिक्रिया सजायबाहेक अरु हुन नसक्‍ने हिजबुल्लाले चेतावनी दिएको छ।

हमासको राजनीतिक ब्यूरोका सदस्य इज्जत अल-रिश्कले यसलाई 'जियोनिस्टद्वारा कायरतापूर्ण हत्या' गरेको बताएका छन्। इजरायलको सेनाले भने कुनै टिप्पणी गरेको छैन।

इजरायलले विदेशी भूमिमा लक्षित हत्याहरू गरेको व्यापक रूपमा रिपोर्ट गरिएको छ। तर सीमापार स्ट्राइकहरूमा इजरायली सेनाले कुनै प्रतिक्रिया दिएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सल्लाहकार मार्क रेगेभले इजरायल जिम्मेवार भएको नबताए पनि हमासको नेतृत्वविरुद्धको आक्रमणलाई 'सर्जिकल स्ट्राइक' को संज्ञा दिएका छन्।

अब हिज्बुल्लाहले कस्तो प्रतिक्रिया देखाउँछ र गाजामा इजरायलको युद्ध लेबनानमा फैलिन्छ कि भन्‍ने चिन्ताहरु बढ्दै गएका छन्।

 

प्रकाशित: Jan 03, 2024| 16:26 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्