बिहीबार, पुस ३, २०८२

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

काठमाडौं- मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ भने दुई प्रहरीसहित तीन जना घाइते भएका छन्।

National life

तालिमका क्रममा सडक किनारमा दौडिरहेका बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय विनोद एडीको मृत्यु भएको हो।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ थानाभ्याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। उपचारका क्रममा उनको हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनामा प्रहरी जवानहरु नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा-४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन्।

मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ र उनी प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: Jan 03, 2024| 12:29 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्