बिहीबार, भदौ १८, २०८३

मःम पसलमा काम लगाइदिन्छु भनेर मिर्गौला बेच्दिएपछि...

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

काठमाडौं-  मानव अंग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन्।

नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

दर्जीले भारतको कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काममा लगाइदिने प्रलोभन देखाई नुवाकोटबाट काँकडभिट्टा हुँदै कलकत्ता पुर्‍याई पीडितलाई झुक्याएर अस्पताल लगी बेहोस पारी मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेका थिए। त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 03, 2024| 12:05 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्