शुक्रबार, भदौ १९, २०८३

दोलखाको मागापौवामा किशोर मृत भेटिए

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

दोलखा- दोलखामा एक किशोर मृत फेला परेका छन्। दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी मंगलबार शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्। 

भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए। शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए।

घटनास्थल नजिकै  रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ थियो।

प्रकाशित: Jan 03, 2024| 09:13 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्