शनिबार, साउन ९, २०८३

एपिएफको दोस्रो जित, एनआरटी अझै जित विहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत एपीएफले आफ्नो दोस्रँे जित निकालेको छ । सातदोबाटोस्थित एन्फ कम्प्लेक्सका मंगलबार  भएको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) लाई २-१ गोलले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । 

एपीएफको जितका लागि युवराज खड्का र सुदिप सिख्राकारले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको एपिएफका लागि युवराजले गोल गरेका थिए । 

उनले श्याम नेपालीले दायाँ विङबाट दिएको लो क्रसलाई पेनाल्टी क्षेत्रभित्रबाट सहजै गोल गरेका थिए । तर, १५ औं मिनेटमा राजेश परियारले बराबरी गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयार गरेका थिए । उनले कप्तान प्रवीन सैंजुले दिएको पासमा गनेल गर्दै खेल बराबरीमा ल्याए । 

पहिलो हाफ १-१ को बराबरी खेलेको खेलमा थप गोल गर्न दुर्ब टोलीलाई निकैनै संर्घस गर्नु पर्यो । दोस्रो हाफको सुरुवातमा नै दुबै टोली केहि सुन्दर मौका गुमाएका थिए । 

तर, दोस्रो गोल गर्न संर्घस गरिरहेको एपीएफले ७२ औं मिनेटमा पेनाल्टी पायो । असिम गुरुङले पेनाल्टी क्षेत्रभित्र युवराज खड्कालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई सुदीप सिख्राकारले गोलमा परिणत गरे । 

यस जितसँगै एपीएफको ६ खेलमा ७ अंक छ भने एनआरटीको १ अंक सहित अंक तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।