बुधबार, भदौ ११, २०८२

पोखरा, काठमाडौं र नारायणगढमा सिगानाको सुन्तला

 |  मंगलबार, पुस १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

vianetvianet

गलकोट- बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ। यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ।  यस वर्ष सिगानामा राम्रो सुन्तला फले पनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ। औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ। 

Kumaribank

सिगानाका बमबहादुर खड्काले यस वर्ष रु चार लाखको सुन्तला बिक्री गरे। उन मात्रै हैन रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढमा पुगेको छ।  

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले  किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त रहेका छन्। सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष रु एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको बताउँछन्। 

“शिक्षक पेसा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेँसीदेखि बास्बोटसम्ममा अधिकांश किसानको सुन्तला आम्दानकीको मुख्य स्रोत हो”, खड्काले भने, “सिगानाको समग्रमा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान ४० जना होलान्, अन्य किसानले समेत ५० देखि एक लाखसम्मको सुन्तला बिक्री गरेकै हुन्छन्।”

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच÷पाँच लाख भित्र्याएका छन्। खड्काका अनुसार श्रीगणेश कृषि सहकारीमार्फत सुन्तला उत्पादन तथा बिक्रीको तथ्याङ्क राख्ने काममा लागेको बताए। सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ। कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछन्। 

Metro Mart

“सुरु–सुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिँदा सहकारीमार्फत सुन्तला उत्पादन र बिक्रीको विवरण राख्न थालिएको छ, यस वर्ष तीन करोड ५० लाख सम्मको सुन्तला सिगानाबाट निकासी हुने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छन्”, उनले भने– “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ।”  पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडौँदेखि नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ। 

यस वर्ष सिगानाका राधा खड्काले रु चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचा नै व्यापारीलाई दिएका छन्। सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैँचा अझै बिक्री गर्न बाँकी नै रहेको छ। सिगानाको सुन्तला अन्य स्तानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मूल्य तिरेरै भए पनि सिगानाको सुन्तला खरिद गर्न व्यापारीहरु आउने गरेको यस वर्ष चितवनका व्यापारीलाई रु पाँच लाखमा  आफ्नो सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिए। चिवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यसपटक सिगानाको सुन्तला चितवन आयात गरिरहेका छन्।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुगेका हुन्। सुन्तला गाउँका रुपमा परिचित सिगानाका झन्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन्।

प्रकाशित: Jan 02, 2024| 19:02 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्