बुधबार, भदौ ११, २०८२

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

 |  बुधबार, पुस १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

vianetvianet

खलङ्गा- दार्चुला ओखरखेतीका लागि परिचित छ। ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन्।

Kumaribank

सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन्। विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६  का विष्णुसिंह धामीले ओखर खेतीलाई थप  विस्तार गर्दै आएका छन्।  बुवा र बाजेले लगाएका पाँच दस  बोटबाट खेती सुरु गर्नुभएका धामीको बारीमा अहिले साना र  ठूलो गरेर एक सय ७५ ओखरका बोट छन्।

हाल उनको बारीमा भएका ६५ बोटले  उत्पादन दिइरहेका र बारीबाटै  बेर्ना समेत बिक्री हुँदै आएको छ। धमीले भने, ‘बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए। ’बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो।

धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएका छन्।  यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर सङ्कलन गरेर पनि बजारसम्म पु-याउने काम पनि गर्दै आएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक रु दुई लाखसम्म आम्दानी हुनेगरेको बताए।

ओखर खेतीले पछिल्लो समय  राम्रो बजार लिइरहे पनि  स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताए। उक्त वडामा मात्र बर्सेनि रु २५लाखदेखि ३० लाखभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने  मालिकार्जुन गाउँपालिकाको केही भू–भागमा पनि ओखर निक्कै फल्ने गर्दछ।

Metro Mart

सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरु झन आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो। सरकारले विसं २०७८देखि  दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन्। ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताए।

दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो।  यस  वर्षमा  जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो।   -रासस

प्रकाशित: Jan 03, 2024| 05:02 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।