शनिबार, साउन ९, २०८३

इलाममा १२ दिने पर्यटन महोत्सव हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पर्यटन प्रवर्द्धनका लागि इलाममा पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा महोत्सव हुन लागेको मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवको नाम‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ राखिएको मेचि पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका केशव धौरालीले जानकारी दिए ।

यो महोत्व नेपालका लागि नयाँ शैलीको हुने भन्दै उनले यसपटक इलामले आयोजना गर्ने महोत्सवमा झापा, पाँचथर र ताप्लेजुङमा पर्यटन क्षेत्रमा काम गर्ने संस्था सहआयोजक बन्ने र अर्को वर्षको महोत्सवका लागि लोगो हस्तानान्तरण गरिने बताए । 

चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको महोत्सवको आयोजक इलाम पर्यटन प्रवर्धन सरोकार समितिले जनाएको छ । 

१२ दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा ५० हजारबढी पर्यटक इलाम पुग्ने अपेक्षा गरिएको छ । महोत्सव सञ्चालन गर्न ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवको प्रवर्द्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।