मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु, मृतकको संख्या ९ पुग्‍यो

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु, मृतकको संख्या ९ पुग्‍यो

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

काठमाडौं- युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

National life

मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको मृत्यु भएको हो। यससँगै रूसी सेनामा भर्ना भई मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ। 

यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको थियो भने एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेका छन्। यसअघि मृत्यु हुनेमा गोर्खाका सन्दीप थपलिया, वाणगंगा– १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, पुतलीबजार स्याङ्जाका पितम कार्की, मेलुङ गोरखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन्। 

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्रले जनाएको छ।

परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन्। उनलाई  नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ।

Laxmi sunrise bank
kumari

‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)लिएर मात्र यात्रा गर्नु हुन सर्सावधारण सबैमा मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनः हार्दिक अनुरोध गर्दछ।’

परराष्ट्रले गत साउन १६ गते विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराएको थियो। 

प्रकाशित: Jan 02, 2024| 17:40 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्