बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • परराष्ट्रमन्त्री साउदले गरे पूर्वपराष्ट्रमन्त्री, पूर्वसचिव र पूर्वराजदूतसँग छलफल 

परराष्ट्रमन्त्री साउदले गरे पूर्वपराष्ट्रमन्त्री, पूर्वसचिव र पूर्वराजदूतसँग छलफल 

 |  मंगलबार, पुस १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

vianetvianet

काठमाडौं- परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार पूर्वपरराष्ट्रमन्त्री, पूर्व परराष्ट्रसचिव र भारतका लागि पूर्व राजदूतहरुसँग छलफल गरेका छन्। भारतीय विदेश मन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका सिलसिलामा उनले छलफल गरेका हुन्। 

Kumaribank

छलफलका क्रममा पूर्व परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरुबाट नेपाल–भारत सम्बन्धका विभिन्‍न कार्यसूचीहरुमा सुझाव प्राप्त भएको मन्त्रालयले जनाएको छ। उनीहरुले भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रुपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिएका छन्। 

बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनु पर्ने, विद्युत व्यापारलाई विस्तार गर्नु पर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरु समयमै सम्पन्न गर्न जोड दिनु पर्ने, हवाई रुट लगायतका विषय सम्बोधन गर्नु पर्ने आदि विषयमा पनि उहाँहरुबाट सुझाव प्राप्त भयो। 

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, पूर्व परराष्ट्र सचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरतराज पौडेल, पूर्व राजदूत दुर्गेशमान सिंह लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: Jan 02, 2024| 17:28 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्