मंगलबार, पुस १, २०८२

दक्षिण कोरियामा विपक्षी नेतामाथि चक्कु प्रहार

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

काठमाडौं- दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङमाथि धारिलो हतियार प्रहार भएको छ। दक्षिणी सहर बुसानमा मंगलबार बिहान एक प्रेस सम्मेलनका बेला उनीमाथि प्रहार भएको योनाप समाचार एजेन्सीले जनाएको छ।

National life

उनको गर्धनको देब्रेतिर धारिलो हतियार प्रहार भएको छ। पुरुष आक्रमणकारीलाई घटनास्थलबाट तत्काल गिरफ्तार गरिएको छ। आक्रमणपछि लीलाई २० मिनेट टाढा रहेको अस्पतालमा लगिएको छ। योनापका अनुसार उनी त्यसबेला होसमा थिए।

आक्रमणकारी ५० देखि ६० उमेरको जस्तो देखिने समाचारमा उल्लेख छ। ती आक्रमणकारी अटोग्राफ माग्न भन्दै लीकहाँ पुगेका थिए। त्यसपछि उनले अकस्मात् लीमाथि आक्रमण गरेका थिए।

सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार ली पहिला भिडमाथि ढलेका र त्यसपछि जमिनमा पछारिएका थिए। त्यसैबेला थुप्रै मानिसले आक्रमणकारीलाई समात्न खोजेका थिए। उनी आँखा चिम्लेर जमिनमा लडिरहेको र कसैले उनको घाँटीमा रुमालले थिचिरहेको देखिन्छ।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्छन्। म्युङ सन् २०२२ को राष्ट्रपति निर्वाचन झिनो मतले हारेका थिए। उनी अहिले दक्षिण कोरियाली संसद्का सदस्य होइनन्। तर आगामी एप्रिलमा हुने आम निर्वाचनमा उनी उम्मेदवार बन्ने धेरैले ठानेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jan 02, 2024| 13:13 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्