बुधबार, भदौ ११, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु, दुईजना मृत फेला

 |  मंगलबार, पुस १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

vianetvianet

देशभर पछिल्लो २४ घण्टामा भएका फरक फरक सडक दुर्घटनामा ६ जनाको ज्यान गएको छ।

Kumaribank

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्र.२-०१-००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका-३ घर भएका २९ वर्षीय प्रकास खत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो।

सुनसरी, देवानगंज गाउँपालिका-३ नयाँ हटियास्थित सडकमा बा.५६ प ५९०६ नम्बरको मोटरसाइकल र बीआर ५० एए १८६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा बीआर ५० एए १८६७ नम्बरको मोटरसाइकल चालक भारत विहार सुपौल तिटोलिया प्रतापगंज बस्ने १८ वर्षीय मिथलेश मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

रौतहट, चन्द्रपुर नगरपालिका-५ स्थित सडकमा ज.१ ह ४४८५ अटोलाई प्रदेश २- ०३-००१ ख १९२७ नम्बरको ट्याङकरले सोमबार राति ठक्कर दिँदा अटोमा सवार भारत सितामढी डुमरी बस्ने ४० वर्षीय पिंकु सिंह र २० वर्षीय अवधेश रामको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनको सूर्य अस्पताल वीरगंजमा उपचार भइरहेको छ। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासस्थित सडकमा तुलसीपुरदेखि घोराहीतर्फ जाँदै गरेको भे.१ ख ३६९७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१७ झिङगै बस्ने राम प्रसाद चौधरीको छोरा ८ वर्षीय सागर चौधरीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Metro Mart

बझाङ, जयपृथ्बी नगरपालिका-९ सिमखेतस्थित सडकमा सु.प.प्र २४५३ नम्बरको जेसिबी सोमबार राति दुर्घटना हुँदा चालक बित्थडचीर गाउँपालिका-६ बस्ने ३० वर्षीय प्रकाश कठायतको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
स्याङ्जा, गल्याङ नगरपालिका-३ गल्याङ बजार डेरा गरी बस्ने पाल्पा घर भएका ४८ वर्षीय कृष्ण नेपाली आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुली, कमलामाई नगरपालिका-५ आहाले बस्ने ३८ वर्षीया साबित्री तोलाङगे सोही ठाउँस्थित गोठमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 02, 2024| 12:50 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्