शुक्रबार, भदौ १९, २०८३

इच्छाकामनामा सुन्तला महोत्सव सुरु

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

चितवन- चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ। गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो।

महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गरे। मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे। 

उनले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताए। नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको  मन्त्री भुसालले जानकारी दिए। 

महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफैँ टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने काम पनि हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा  बजारीकरणमा सहयोग पुर्याउन सुन्तला महोत्सव अयोजना गरिएको अध्यक्ष गुरुङले बताए।  

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो। महोत्सव यही पुस १८ गतेसम्म जारी रहनेछ। रासस

प्रकाशित: Jan 02, 2024| 10:02 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्