शुक्रबार, भदौ १९, २०८३

तमोर नदीमा खसेर एक मजदुरको मृत्यु

 |  मंगलबार, पुस १७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १७, २०८०

फुङ्लिङ- ताप्लेजुङमा निमार्णाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ। विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एकजनाको मृत्यु भएको हो।

भारत पश्चिम बङ्गालको माल्टा टाउनका करिब २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए। 

उनका अनुसार मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो।

प्रकाशित: Jan 02, 2024| 08:53 मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्