शुक्रबार, भदौ १९, २०८३

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

प्यूठान- प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ। गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कार दिने निर्णय गरेको हो।

अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए।

गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए।

‘बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने छ,’ उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ।’ बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए।

प्रकाशित: Jan 01, 2024| 21:16 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्