शुक्रबार, भदौ १९, २०८३

अभियान बन्दै नेपाली टोपी दिवस

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी : नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ।

वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गरे। 

सदियौँदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्युचोलीलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली ढाका र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा मान्यता दिन मागसहित अभियानका रूपमा यो दिवस मनाउन थालिएको हो।

प्रकाशित: Jan 01, 2024| 20:02 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्