आइतबार, असार १४, २०८३

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको सम्भावना

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय क्षेत्र नोतोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदोले जनाएको छ।

National life

यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन्। भूकम्पबाट मानवीय क्षतिको भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।

क्योदोका अनुसार मध्य टोकियोमा समेत घरहरू हल्लिएका थिए। जापानको मौसम विभागका अनुसार वाजिमा बन्दरगाहमा १.२ मिटरसम्म सुनामी आएको छ। बीबीसीका अनुसार नोतोमा ७.६ म्याग्निच्युडको भूकम्य आएको पहिलो पटक हो। अधिकारीहरूले यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन्। त्यस्तै भूकम्पका कारण केही ठाउँमा आगलागीसमेत भएको छ भने केही क्षेत्रमा बिजुलीको लाइनसमेत अवरुद्ध भएको छ।

इसिकावा प्रिफेक्चरमा ३२ हजार भन्दा बढी घरमा यतिबेला बिजुली छैन। प्रधानमन्त्री फुमियो किसिदाले सुनामी आउन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्। जापानमा 'सिन्दो ७' को भूकम्प पछिल्लो पटक सन् २०१८ मा होक्काइदोमा गएको थियो।

 

Shivam cement

प्रकाशित: Jan 01, 2024| 16:37 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्