आइतबार, मंसिर २८, २०८२

विश्वचर्चित युट्युबर मिस्टर बिस्ट नेपालमा

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- विश्वमै प्रशिद्ध युट्युबर मिस्टर बिस्ट नेपाल आइपुगेका छन्। उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टिम नेपाल आएको जानकारी आफ्नै युट्युब भिडियोबाट दिएका छन्।

National life

विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ। उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन्। उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेको बताएका छन्। भिडियोमा उनी डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको देखिन्छ।

खास जिमी रहेका मिस्टर बिस्ट टि-सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन्। उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख नाघेको छ। उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन्।

 

प्रकाशित: Jan 01, 2024| 16:17 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्