आइतबार, मंसिर २८, २०८२

सिंहदरबारभित्र अर्धनग्न प्रदर्शन गर्ने तीन जना पक्राउ

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र छिरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने तीन जना पक्राउ परेका छन्।

National life

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको आँगनमै पुगेर सरकारविरुद्ध अर्धनग्न प्रदर्शन गरेका हुन्।

उनीहरूले मान्छे मार्न पाइँदैन, नो एमसीसी लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए। सामान्य पोशाकमा सिंहदरबार छिरेका युवा प्रधानमन्त्री कार्यालयको ढोकैअगाडि पुगेर अर्धनग्न बनेका थिए।

प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि कार्यालयमै थिए।

संगठनले बालुवाटारस्थित प्रधानमन्त्री निवास गेट, सर्वोच्च अदालतको मूल गेट, संसद् भवनको तीन नम्बर र दुई नम्बर गेट र पुल्चोकस्थित मन्त्री निवासमा पनि अर्धनग्न प्रदर्शन गरिएको जनाएको छ। सांकेतिक रुपमा सत्ता नांगिसकेको सन्देश दिन यस्तो प्रदर्शन गरिएको संगठनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यसअघि संगठनले प्रधानमन्त्री कार्यालयमा हुलाकमार्फत यही पुस ३ गते २० बुँदे ज्ञापनपत्र बुझाएका थियो। ज्ञापनपत्रमा उल्लेख भएका माग सरकारले सम्बोधन नगरेको भन्दै आज संसदीय र प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार प्रदर्शन गरेको हो।

प्रकाशित: Jan 01, 2024| 13:49 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्