शुक्रबार, भदौ १९, २०८३

'धोती दिवस'को र्‍याली निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि...

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍याली निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जनभन्दा बढी पक्राउ परेका छन्। उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा अहिले कुनै पनि सभा सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ। राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै ‘धोती हाम्रो शान हो’ लगायतका नारा लगाएका थिए।

आज नै नेपालीहरुले टोपी दिवस पनि मनाइरहेका छन्। यी दुवै दिवस स्व:स्फूर्त रुपमा मनाउन थालिएको हो।

प्रकाशित: Jan 01, 2024| 11:32 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्