शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • स्कारपियोको ठक्करबाट नेपालगञ्जमा दुई जना पैदलयात्रीको मृत्यु

स्कारपियोको ठक्करबाट नेपालगञ्जमा दुई जना पैदलयात्रीको मृत्यु

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौं- बाँकेको नेपालगञ्जमा आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियोको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: Jan 01, 2024| 08:50 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्