काठमाडौं- आज बिहान देशका पहाडी भूभागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ।
बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।