शनिबार, साउन ९, २०८३

यात्रुलाई ठक्कर दिएर भागेका चालक ६ दिनपछि पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्सिर १२ गते दुर्घटना गराएर फरार रहेका चालकलाई सोमबार पक्राउ गरेको छ । 

परिसरको टोलीले मङ्सिर १२ गते बिहान ४ बजे कञ्चनपुर घर भई कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई टेकुमा ठक्कर दिई फरार रहेका चालक काभ्रेका ३६ वर्षीय कुमार श्रेष्ठलाई काभ्रेबाट पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार हत्या गरेर फरार रहेका श्रेष्ठलाई बा१५च ३२९३ नं को ओमिनो कार्गो भ्यानसहित काभ्रेबाट पक्राउ गरिएको हो । उनलाई भ्यान लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो । 

सवारीसाधनको ठक्करबाट मृत्यु भएका सिंह नेपाल प्रहरीका हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । चक्रबहादुरको द्वन्द्वकालमा २०५८ सालमा माओवादी आक्रमणबाट अछाम सदरमुकाम मङ्गलसेनमा निधन भएको थियो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।